नियम २९
मूल्य खुलाउनु पर्ने
(१) मदिरा, बियर, चुरोट, सुर्ती, खैनी, गुट्खा, निकोटि युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तीजन्य पदार्थहरु उत्पादन गर्ने तथा पैठारी गर्ने इजाजतपत्रवालाले आफ्नो वितरक, थोक तथा खुद्रा विक्रेतालाई बिक्री गर्ने मूल्य सार्वजनिक गरी आफूले उत्पादन गरेको वस्तुमा अधिकतम खुद्रा मूल्य अंकित गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको इजाजतपत्रवालाले आकार र गुणस्तर परिवर्तन
गर्नु परेमा वा नयाँ ब्राण्ड उत्पादन गर्नु परेमा विभागको पूर्व स्वीकृति लिनु पर्ने र नयाँ ब्राण्डको उत्पादन गर्नु अघि बाँकी वक्यौता राजस्व चुक्ता गरेको हुनु पर्नेछ ।